सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा कोरोनाबाट ज्यान गुमाएका बजगाईलाई मृत्यु दाबी भुक्तानी

admin

काठमाडौं, १९ असोज : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना भाइरस (कोभिड-१९) कारण ज्यान गुमाएका शिव प्रसाद बजगाईलाई मृत्यु दाबी भुक्तानी गरेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय बनेपाबाट बीमा गरेका बजगाईको कोभिड-१९ का कारणले निधन भएको र उनको नजिकको हकवाला श्रिमती पार्वती भट्टराईलाई उनकै निवासमा गई बनेपा शाखाका शाखा प्रबन्धक श्री कल्याण कार्की बाट रु २,८२,२५० को मृत्यु दावी वापतको चेक हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा बनेपा शाखाका कर्मचारी समिर अधिकारी सहित बीमीतको नजिको आफन्त उपस्थीत थिए । स्व. बीमीतले सन लाइफ सावधिक जीवन बीमा योजनामा बीमाङ्क रकम रु. २,५०,००० को बीमा गरी हालसम्म वार्षाीक बीमाशुल्क १७५३२ को ३ बर्षको जम्मा रु. ५२,५९६ भुक्तानी गरेका थिए ।

 

प्रतिक्रिया