पार्किङ क्षेत्रमा ल्याइयो चिप्लिएर घाँसे मैदानमा पुगेको श्री एअरलाइन्सको जहाज

admin

काठमाडौं, १९ असोज : त्रिभुवन विमानस्थलको पार्किङ क्षेत्र नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको श्री एअरलाइन्सको जहाजलाई पार्किङ क्षेत्रमा ल्याइएको छ ।

मंगलबार बिहान पार्किङ क्षेत्रबाट रनवेमा जाने क्रममा चिप्लिएर एउटा पाङ्ग्रा घाँसे मैदानमा पुगेको जहाजलाई निकालेर पार्किङ क्षेत्रमा ल्याइएको श्री एअरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जानकारी दिएका छन् ।

जहाज पार्किङ क्षेत्र नजिकै चिप्लिएकाले अन्य उडान भने प्रभावित भएका थिएनन् । ८० जना यात्रुलाई अर्को जहाजबाट नेपालगञ्ज पठाइएको छ । चिप्लिएको जहाज ठिकठाक रहेको र नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएपछि उडान सुरु गर्ने मानन्धरले जानकारी दिए ।

प्रतिक्रिया