भोलि ललितपुर महालक्ष्मी नगरपालिकामा १८ वर्षमाथिकालाई खोप दिइने, ११ वटा केन्द्रको व्यवस्था

admin

ललितपुर, १९ असोज : ललितपुरको महालक्ष्मी नगरपालिकाले बुधबार भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ । १८ वर्षमाथिका सबै नागरिकलाई बुधबार खोप दिइने नगरपालिकाले जनाएको छ ।

आफ्नो परिचय खुल्ने कागजात लिएर बुधबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोप केन्द्रमा जान नगरपालिकाले अनुरोध गरेको छ । खोपका लागि ११ वटा केन्द्रको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया