झाडा पखालाबाट दुई जनाको मृत्यु, तीन सय बढी विरामी

admin

काठमाडौँ, १९ असोज : कपिलवस्तु कृष्णगनर नगरपालिकामा फैलिएको झाडापखा रोगवाट दुई जनाको मृ त्यु भएको छ । झाडापखालाबाट वडा नंम्बर ९ वहादुरगन्जमा दुई जनाको मृ त्यु भएको हो ।

मृ त्यु हुनेमा वर्षमा ५ को राज कश्यप र वर्ष ४० को राम प्रसाद केवट रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताए । बालक कश्यपको स्थानीय निजी क्लिनीकमा उपचार गर्नेक्रममा र केवटको घरमै मृ त्यु भएको पाण्डेले बताए ।

नगरपालिकाको वडा नं.५, ७, ८ र ९ वडामा आइतबार रातिदेखि प्रकोप फैलिएको उनले बताए । वडाभरि प्रकोप फैलिएपछि शिवराज अस्पताल, निजी क्लिनिक र स्वास्थ्य चौकीमा बिरामीको चाप बढेको स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेशचद्र घिमिरेले बताए ।

बहादुरगंज अस्पतालमा दुई सय बढीले उपचार गराई रहेका छन । ३२ जना सिकिस्त बिरामीलाई थप उपचारकालागि बुटवल र तौलिहवा अस्पताल पठाइएको घिमिरेले बताए । समुदायमा रहेका बिरामीको संख्या एकिन हुन सकेको छैन ।

नगरपालिका वडा नं.९ का अध्यक्ष राम मिलन कुर्मीले समुदायमा प्रभावित हुनेको पहिचान गरी उपचारको तयारी सुरु भएको बताए । प्रकोप रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालयको टोली मंगलवार बिहानै बहादुरगंज पुगेका तथा प्रदेशबाट उपचार टोली समेत त्यहा पुगेका छन ।

साँझसम्म पनि झडापखालाका बिरामीहरु अस्पतालमा आईरहेको स्थानीय मनिष गुप्ताले बताए । स्वास्थ्यकर्मी दिउँसो पुगे पनि अहिले जिल्लाबाट आएका टोली फर्किदा उपचारमा समस्या भएको समेत गुप्ताले बताए ।

प्रतिक्रिया