कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप

admin

काठमाडौँ, २० असोज : बाजुरामा नेपाली कांग्रेसका कार्यकर्ता र प्र ह रीबीच झ ड प भएको छ । मंगलबार राति नेपाली कांग्रेसको सम्पन्न मतदानपश्चात मतदानस्थल रहेको जिल्ला समन्वय समिति अगाडि झ ड प भएको हो।

कांग्रेस कार्यकर्ताहरू मतगणना स्थलमा जान लाग्दा प्र ह रीले रोक्न खोज्दा मंगलबार राति झ ड प भएको प्र ह रीले जनाएको छ ।

सशस्त्र प्र ह री, नेपाल प्र ह री र कांग्रेस कार्यकर्ताबीचको झ ड पमा केही घा इतेसमेत भएका थिए । झ ड पको स्थित बनेपछि मंगलबार रातिदेखि सुरु हुने भनिएको मतगणना सुरु हुन सकेको छैन ।

मंगलबार बेलुकी ६ बजे मतदान सकिएपश्चात राति ११ बजे देखि मतगणना सुरु हुने भनिए तापनि निर्वाचन समितिको बैठक बस्ने सल्लाह हुँदै गर्दा विवाद चुलिएको थियो। असोज १७ गते देखि सुरु भएको चुनावी माहोल तात्दै जाँदा असोज १८ गते मात्र मतदान भएको थियो ।

प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले झ ड प नभएर सामान्य ठेलमेल भएको बताए । कांग्रेसको जिल्ला अधिवेशनमा सभापति पदका लागि कविराज पण्डित, रामसिंह रावल र चक्र शाहीबीच प्रतिस्पर्धा भइरहेको छ ।

जिल्ला अधिवेशनमा कांग्रेसका १ हजार २१२ मध्ये १ हजार २०५ मत खसेकाे छ । सभापतिमा तीन जनाबीच कडा प्रतिस्पर्धा भएको कांग्रेस कार्यकर्ताहरूले जनाएका छन् ।

प्रतिक्रिया