धिताेपत्र बाेर्डका अध्यक्ष ढुंगाना बर्खास्त

admin

काठमाडौँ, २० असोज : सरकारले धिताेपत्र बाेर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई पदबाट बर्खास्त गरेकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजाे मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले बाेर्डका अध्यक्ष ढुंगानालाई पदबाट बर्खास्त गर्ने निर्णय गरेकाे हाे ।

सर्वाेत्तम सिमेन्टकाे शेयर विवादमा मुछिएका ढुंगानालाई न्यायिक छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले पदबाट बर्खास्त गरेकाे हाे ।

बुक बिल्डिङ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको १० हजार कित्ता शेयर ढुङ्गानाले आफ्नै छोरीका नाममा लिएकाे समाचार बाहिरिएकाे थियाे ।

यही विषयमा छानबिन गर्न गएकाे महिनाकाे मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा छानबिन समिति बनाएकाे थियो ।

प्रतिक्रिया