आफ्नै आँगनमा गाडिएको अवस्थामा फेला परे नेत्रप्रसाद

admin

काठमाडौँ, २० असोज : सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर १० मा सबैलाई चकित पार्ने घ’टना भएको छ ।

हिजो बेलुकीसम्म सकुशल रहेका वडा नम्बर १० घर भएका ५८ बर्षीय नेत्रप्रसाद (हरि) दाहालको लास सिम्ले फाँट स्थित उहाँकै घर अगाडि आँगनमा गाडिएको अवस्थाबाट फेला परेको हो ।

बिहान खुट्टाको औँला गाडिएको देखेपछि स्थानीयले प्र ह रीलाई खबर गरेका थिए । प्रहरीको विशेष टोलीले उत्खनन गरेको छ । दाहाल हिजो बेलुकीसम्म सकुशल रहेको आफन्तले बताएका छन् ।

दाहालको राति हत्या गरि गाडिएको हुन् सक्ने प्र ह री टोलीको प्रारम्भिक अनुमान गरेको छ । श वलाई थप अनुसन्धान र पोस्टमार्टमको लागि काठमाडौं लगिएको छ । यो घटनाले मेलम्ची क्षेत्रका मानिसहरू त्रसित बनेका छन् ।

प्रतिक्रिया