आज देशका धेरैजसो ठाउँमा सामान्य पानी पर्ने

admin

काठमाडौं, २१ असोज : बिहीबार काठमाडौंसहित देशका धेरैजसो ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण बिहीबार काठमाडौंसहित देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।

उनका अनुसार बिहीबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही ठाउँमा पनि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । यी बाहेकका ठाउँमा फाट्टफुट्ट रुपमा पानी पर्न सक्ने उनले बताइन् । यी ठाउँहरुमा पनि कतै पानी पर्ने र कतै नपर्ने उनले बताइन् ।

अहिले सिन्धुली र चितवन आसपासको क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा गराउने बादलको विकास भइरहेकाले केही बेरमा यी ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ । बादलको विकास नै भए पनि चितवन र सिन्धुली आसपासका सबै क्षेत्रमा लगातार वा ठूलो पानी पर्ने सम्भावना भने छैन ।

प्रतिक्रिया