आज पाँच सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २१ असोज : बिहीबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । बुधबार तोलामा ८९ हजार ९ सय रुपैयाँ रहेको सुनको मूल्य बिहीबार ९० हजार चार सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै बिहीबार तेजाबी सुनको मूल्य समेत तोलामा पाँच सय रुपैयाँले नै बढेर ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसैगरी चाँदीको मूल्य पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी बिहीबार ११ सय ७० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया