मृत भेटिए नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष

admin

काठमाडौं, २१ असोज : नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिएका छन् । काठमाडौं-७, बुलबुलेमा निर्माणाधीन घरको अगाडि उनको शव भेटिएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले घरको चार तलामाथिबाट उनले हाम फालेको बताए ।

सिंहका अनुसार नजिकै रहेको सीसी क्यामरामा उनी माथि गएको र झरेको दुवै कैद भएको छ । यससम्बन्धी थप अनुसन्धान गरिरहेको उनले बताए । प्रहरीले चतुर्वेदी डिप्रेसनको शिकार रहेको दाबी गरेको छ ।

उनले आफैंले किन हाम फाले भन्ने खुलेको छैन । प्रहरीले चतुर्वेदीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाउने तयारी गरेको छ । उनी २९ भदौ २०६८ मा भ्रष्टाचारसम्बन्धी कसूरमा डेढ वर्ष जेल बसेका थिए ।

प्रतिक्रिया