केपी ओली सबै हिसाबले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसके : माधव नेपाल

admin

काठमाडौं, २१ असोज : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सबै हिसाबले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेको आरोप लगाएका छन् ।

बिहीबार एमाले नेता भानुभक्त जोशीलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले ओली सबै हिसाबले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेको आरोप लगाएका हुन् । उनले नेकपा एमालेमै रहनका लागि अन्तिमसम्म प्रयास गर्दा र पछिल्लो समय राष्ट्रिय विधान महाधिवेशनमा भएको गतिविधि र सिद्धान्तका कारण जोशीले नयाँ क्रान्तिकारी रोजेको बताए ।

अध्यक्ष नेपालले नेता जोशीलाई नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी सदस्यमा लैजाने समेत घोषणा गरे । उनले नेकपा एमाले सबै हिसाबले पतनको दिशामा गएको भन्दै एमाले सामूहिक नभएर एक व्यक्तिको पार्टी जस्तो भएको टिप्पणी गरे । नेता नेपालले पार्टी प्रवेश गरेका जोशीलाई स्थायी कमिटी सदस्यमा ल्याउने घोषणा समेत गरे ।

प्रवेश गरेका जोशीले १० बुँदे सहमति तथा अन्तर पार्टी निर्देशन १२ का निर्णयसमेत कार्यान्वयन नभएकोले पार्टी परिवर्तन गरेको बताए । जोशीले एमालेको नीति र सिद्धान्त उचित नभएकोले एमालेको केन्द्रीय कमिटीबाट राजीनामा दिएको स्पष्ट पारे ।

प्रतिक्रिया