देशको शिक्षा नीति परिवर्तनसँगै विद्यार्थी सङ्गठनले काम गर्ने शैली पनि परिवर्तन गर्नुपर्छ : सुनिता बराल

admin

काठमाडौं, २१ असोज : नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले देशको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताएकी छिन् । अध्यक्ष बरालले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको शिक्षा जीवनोपयोगी नभएको भन्दै विद्यालय तहको शिक्षा जीवनोपयोगी र विश्वविद्यालय तहको शिक्षा विषय विज्ञ उत्पादन गर्ने गरी नीति बनाउनुपर्ने बताइन् ।

बिहीबारको कुराकानीमा उनले पालिकाहरूले आफ्नो स्रोत र साधन प्रयोग गरी स्थानीय आवश्यकतालाई ध्यान दिइ विषय बनाउनुपर्नेमा जोड दिइन् । विश्वविद्यालयको शैक्षिक क्यालेन्डरलाई चुस्त/दुरुस्त बनाउँदै उनले प्रविधिमैत्री विश्वविद्यालय बनाउनुपर्ने आवश्यकता रहेको पनि उनले उल्लेख गरिन् ।

उनले विद्यार्थी सङ्गठनहरूले काम गर्ने शैली परिवर्तन गर्नुपर्ने बताइन् । समय फेरिएको उल्लेख गर्दै उहाँले परिवर्तित समयानुकूल सङ्गठनले भूमिका र कार्यशैली बदल्नुपर्ने बताइन् । पछिल्ला दिनमा राष्ट्रिय राजनीतिमा देखा परेका उतारचढावका कारण विद्यार्थी सङ्गठनहरू ओझेल परेजस्तो देखिएको भन्दै उनले अब भने सङ्गठनको कामलाई व्यवस्थित गरिने बताइन् ।

प्रतिक्रिया