भोलि काठमाडौं महानगरपालिकाले १८ वर्षमाथिकालाई पहिलो मात्रा खोप दिने

admin

काठमाडौं, २१ असोज : काठमाडौं महानगरपालिकाले शुक्रबार कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिने भएको छ । शुक्रबार काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा १८ वर्षमाथिका सबै नागरिकलाई चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा खोप दिइने महानगरपालिकाले सूचनामार्फत जानकारी दिएको छ ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आफ्नो परिचय खुल्ने कागजातसहित केन्द्रमा गएर खोप लगाउन महानगरपालिकाले अनुरोध गरेको छ । ३२ वटा वडा कार्यालयसहित नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लगाउन सकिने महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया