भोलि मन्त्रिमण्डलले पूर्णता पाउने

admin

काठमाडौं, २१ असोज : मन्त्रिमण्डलले शुक्रबार मात्रै पूर्णता पाउने भएको छ । सकेसम्म (आज) बिहीबार नै मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी तयारीमा जुटेका दलहरूको आन्तरिक तयारी नपुगेको भन्दै शुक्रबार मात्रै पूर्णता दिने गठबन्धनमा सहमति भएको हो ।

बिहीबार सत्ता गठबन्धनका शीर्ष नेताहरुको निर्णायक छलफलमा मन्त्रिपरिषदलाई शुक्रबार पूर्णता दिने विषयमा सहमति भएको बालुवाटार स्रोतले जनाएको छ । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

राष्ट्रिय जनमोर्चाले सरकार बाहिरै बसेर गठबन्धनलाई सघाउने बताइसकेको छ । गठबन्धनमा रहेका राजनीतिक दलहरुबीच मन्त्रालयको मोटामोटी भागबण्डा मिले पनि केही विषयमा अझै कुरा मिलाउन बाँकी रहेकाले बिहीबार गठबन्धनको निर्णायक बैठक बसेको थियो ।

बैठकमा केहीबेर बसेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टी बैठकमा सहभागी हुन निस्केका छन् । नेता नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक जारी छ । समाजवादीले एक राज्यमन्त्रीसहित ५ मन्त्री मात्रै पाउने गरी भागबण्डा गरिएपनि थप एक मन्त्री पाउनुपर्ने जनाएको छ ।

प्रतिक्रिया