बढ्यो दसैंको चहलपहल, बजारमा किनमेल गर्नेको भीड

admin

काठमाडौँ, २१ असोज : घटस्थापना सुरु भएसंगै काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरमा दसैंको चहलपहल बढेको छ । उपत्यकाको असन इन्द्रचोक लगाएत विभिन्न व्यापारिक क्षेत्रमा किनमेल गर्नेको भीड लागेको छ ।

विश्वव्यापी कोरोना महामारीको जोखिम कायमै रहदा बजारमा भौतिक दूरी कायम भएको देखिएको छैन । अघिल्लो वर्ष महामारीकै कारण खुलेर दसैं मनाउन नपाएकाहरू यसपटक दसैं मनाउन उत्साहित भएका छन् ।

कोरोना संक्रमण कम हुँदै गएपछि खोलिएको बजारमा सर्वसाधारणको चहलपहल बढेपनि व्यापार कम भएको व्यवसायीहरुको गुनासो छ ।

प्रतिक्रिया