बुटवलमा दशैं सस्तो बजार शुरु

admin

काठमाडौँ, २१ असोज :  बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले दशैंका लागी बिहीबारदेखि सस्तो बजार सञ्चालन ल्याएको छ ।

संघले दशैलाई लक्षित गरेर सर्वसाधरणलाई सहज होस् भन्ने हेतुले बुटवलको बालमन्दिर परिसरमा सस्तो बजार संचालनमा ल्याएको हो ।

सर्वसाधारणको सहजतामा लागी सस्तो बजारमा नेपाल राष्ट्र बैंकबाट नयाँ नोट सटही, साल्ट ट्रेडिङ्, डिडिसी, चिनी लगायतका अति आवश्यक वस्तुहरु सहितका स्टलहरु राखिएको संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले जानकारी दिनुभयो ।

उहाँले सस्तो बजारमा नाफा कमाउन नभई जनतालाई सहुलियत दिने हिसावले संचालन गरिएको जानकारी दिनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले चाडवाडको समयमा संचालनमा आएको सस्तो बजारले केही हदसम्म भए पनि सर्वसाधारणलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । सस्तो बजार बिहिवार देखी अथात् असोजको २१ गते घटस्थापना देखि २५ गते पञ्चमीको दिनसम्म संचालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया