घटस्थापना गर्नका माटो लिन भक्तपुरमा भिड

admin

काठमाडौँ, २१ असोज : हिन्दु नेपालीहरुको महान चाड बडादशैंको पहिलो दिन घर घरमा घटस्थापना गर्नका माटो लिन भक्तपुरको च्यामासिंहमा भने भिड लाग्ने गरेको छ ।

भक्तपुरको च्यामासिंहमा रहेको ब्रह्मायणी मन्दिर नजिकै खोलाबाट माटो लिनेको भीड लाग्ने गरेकै कारण हरेक बर्ष स्वयंसेवकहरु नै परिचालन गरिदै आएको छ ।

जमरा उमार्नका लागि उक्त स्थानको माटो राम्रो र पवित्र भएकाले सर्वसाधारणहरु माटो लिन पुग्ने गरेको स्थानीयहरुको भनाई छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्नका लागि घटस्थापना गरिन्छ ।

प्रतिक्रिया