कांग्रेस नेता प्रदीप पौडेल कोरोना संक्रमित, अस्पताल भर्ना

admin

काठमाडौँ, २१ असोज :  नेपाली कांग्रेसका नेता प्रदीप पौडेललाई कोरोना संक्रमण भएको छ । काठमाडौंको वसुन्धरास्थित बीपी स्मृति अस्पतालमा आज बिहान गरिएको कोरोना परीक्षणमा पोजिटिभ देखिएको हो ।

नेता पौडेल केही दिनदेखि बिरामी भएर घरमै आराम गरिरहेका थिए । “करिब ३ बजेतिर संक्रमण पुष्टि भएको हो,” पौडेलनिकट विद्यार्थी नेता दीपेन्द्र रिजालले बाह्रखरीसँग भने । रिजालका अनुसार पौडेललाई सोही अस्पतालमा भर्ना गरिएको छ ।

उनको स्वास्थ्य अवस्था चिन्ताजनक नभएको बताइएको छ । “शरीर दुख्ने, ज्वरो आउने समस्या छ,” रिजालले भने, “औषधिमा सिटामोल मात्र चलाइएको छ । आत्तिनुपर्ने अवस्था छैन ।”

प्रतिक्रिया