कांग्रेसले यस वर्ष चियापान आयाेजना नगर्ने

admin

काठमाडौँ, २१ असोज : नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यस पटक नगर्ने भएको छ ।


नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज बिहीवार एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले खोपको व्यापक प्रबन्ध गरेपछि महामारीको त्रा स र आकार घट्दै गए पनि जोखिमलाई नजरअन्दाज गर्न नमिल्ने भन्दै चियापान कार्यक्रम नगर्ने निश्चित गरेको जनाउनुभएको छ ।

विज्ञप्तिमा खोप अभियान सफल बनाउन जुट्नु र नागरिककाे जीवन रक्षामा समर्पित रहनु हामी सबैको कर्तव्य भएको उल्लेख छ । पर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कताका लागि पनि अपिल गरिएको छ ।

महामारीमाथि विजय हासिल गर्न चाँडै नै सफल हुने विश्वास व्यक्त गर्दै कांग्रेसले स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी–दाजुभाइमा बडादशैा, तिहार, नेपाल संवत् र छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया