एमसीसीविरुद्ध आज पनि हेमन्त सेढाईको नेतृत्वमा हजारौं युवाद्वारा संसद भवन घेराउ गर्ने

admin

काठमाडौं, २२ असोज : अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताविरुद्ध शुक्रबार भव्य विरोध हुने भएको छ । नागरिकता तथा सिमाविद् हेमन्त सेढाईको नेतृत्वमा काठमाडौंको माइतीघर मण्डलबाट विरोध र्‍यालीसहित संसद भवन घेर्ने कार्यक्रम रहेको छ ।

विकास परियोजनाको नाममा नेपाल छिरेर अमेरिकी साम्राज्यवादले आफ्नो गतिविधि बढाउने चलखेल गर्न लागेको भन्दै शुक्रबार उक्त विरोधमा राष्ट्रिय झण्डासहित हजारौं युवाहरुको उपस्थितिमा विरोध कार्यक्रम आयोजना गरिएको सेढाइले बताए ।

राष्ट्र, राष्ट्रियता र राष्ट्रियता स्वाधिनताको रक्षाका निम्ति राष्ट्रिय अखण्डता जगेर्ना गर्न, मुलुकको सार्बभौमसत्ताको सुरक्षा गर्न स्वतन्त्र नागरिक, विभिन्न बौद्धिक व्यक्तित्व, राजनैतिक पार्टी, परिर्वतनका लागि हाम्रो आवाज लगायतका विभिन्न अभियन्ताहरु एकसाथ भेला भएर एमसीसी खारेजीको माग राख्दै विरोध प्रदशर्न गर्न लागेका हुन् ।

प्रतिक्रिया