देउवा नेतृत्वको सरकार ८८ दिनपछि मन्त्रिपरिषद्ले पायो पूर्णता, को-को मन्त्री बने ? (सूचीसहित)

admin

काठमाडौं, २२ असोज : प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको ८८ दिनपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेर शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाएका छन् ।

यस्तै शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गएको असार २९ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् गठन गरेकी हुन् । देउवाले आफ्नो पार्टी कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबाट मन्त्री नियुक्त गरेर कार्यविभाजन पनि गरेका छन् ।

प्रतिक्रिया