थप सात सय ६४ जनामा संक्रमण पुष्टि भएसंगै १० जनाको ज्यान गयो

admin

काठमाडौं, २२ असोज : शुक्रबार देशभर सात सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १० हजार ६ सय ८८ जनाको नमुना परीक्षण गर्दा सात सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार थपिएकासहित पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख नौ सय ९७ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९२ हजार आठ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बितेको २४ घण्टामा एक हजार ३३ सहित कोरोना संक्रमणमुक्त हुनेको संख्या सात लाख ७४ हजार एक सय ७३ पुगेको छ ।

यही अवधिमा थप १० जना संक्रमितको ज्यान गएसँगै नेपालमा अहिलेसम्म ११ हजार दुई सय १० जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । अहिले १५ हजार ६ सय १४ जना सक्रिय संक्रमित रहेकामा तीन सय १३ जनाको आईसीयू र एक सय १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया