नवनियुक्त मन्त्रीलाई राष्ट्रपतिले खुवाइन् शपथ

admin

काठमाडौँ, २२ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई आज शपथ खुवाएकी छन्। शुक्रबार साँझ राष्ट्रपति कार्यालय शितल निवासमा भण्डारीले मन्त्रीहरूलाई शपथ खुवाएकी हुन्।

साथै राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ खुवाएका छन्। प्रधानमन्त्री देउवाले तीन महिनापछि मन्त्रिपरिषदलाई आज पूर्णता दिएका छन्। देउवा गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएका थिए।

कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) लाई समेटेर देउवाले मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीको सूचीमा गैर सांसद गजेन्द्रबहादुर हमाल पनि समेटिएका छन्।

प्रतिक्रिया