दसैंमा मदिरा बेचबिखन तथा ओसारपसारमा रोक

admin

धनगढी, २४ असोज :  बैतडीको देहीमाण्डौं र पाटनमा मदिरा बेचबिखन तथा ओसारपसारमा पूर्ण रुपमा रोक लगाइएको छ।

महाष्टमी र महानवमीका दिन लाग्‍ने मेलालाई लक्षित गर्दै सो ठाउँमा मदिरा बेचबिखन तथा ओसारपसारमा रोक लगाइएको हो।

देहीमाण्डौंस्थित निग्लाशैनी भगवतीको मन्दिरमा महाष्टमी र पाटनस्थित उदयदेव मन्दिरमा महानवमीका दिन जात्रा लाग्‍ने गर्दछ। ईलाका प्र ह री कार्यालय पाटनका प्र ह री निरीक्षक राजेश शाहीले महाष्टमी र महानवमीका दिन मदिरा बिक्रिवितरण तथा ओसारपसारमा पूर्ण रुपमा रोक लगाइएको बताए।

वडाध्यक्ष रनबहादुर बोहराले मदिरा सेवन गरेको पाइए दुई हजार, बेचबिखन र ओसारपसार गरेको पाए ६ हजार जरिवानसहित मदिरा जफत गर्ने बताए। उनले जुवा खेले वा खेलाएको पाए तीन हजार जरिवाना गरिने बताए।

प्रतिक्रिया