चिनियाँ राजदूत होउ यान्छीले यसरी मनाइन् दशैं

admin

काठमाडौं, असोज २९ : नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले आफ्नै निवासमा नेपालीहरुको महान चाड दशैं मनाएकी छन् ।

उनी आफैंले दशैं मनाएका फोटोहरु समाजिक सञ्जाल ट्वीटर मार्फत सार्वजनिक गरेकी हुन् । उनले नेपाली सुरक्षाकर्मीहरुसँग दशैं मनाउन पाउँदा खुसी समेत व्यक्त गरेकी छन् ।

राजदूत होउ यान्छीले नेपालीहरुको सुस्वास्थ्य, सुख र उन्नतीको कामना पनि गरेकी छन् । ‘मेरा नेपाली सहकर्मीहरूसँग दशैं मनाउन पाएकोमा खुशी छु ।

सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतीको लागि मंगलमय शुभकामना गर्दछु,’ उनले ट्वीटरमा लेखेकी छन् ।

प्रतिक्रिया