कोरोना अपडेट : २४ घन्टामा १ को मृत्यु , १४७ जना संक्रमित थपिए

admin

काठमाडौ, असोज ३० : पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट एकजनाको मृ त्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १ सय ४७ जना संक्रमित थपिँदा एकजना संक्रमितको मृ त्यु भएको हो।

आज १ हजार ७ सय ७३ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा १ सय ४७ जना संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।

आज ८ सय ४५ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर भर १२ हजार ५ सय ९८ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया