भारतीय सेनाका उच्च अधिकारीको टोली एक हप्ताको भ्रमणमा नेपाल आउँदै

admin

काठमाडौ, असोज ३० : भारतीय सेनाका उच्च अधिकारीको नेतृत्वमा ३९ जना टोली ६ दिने नेपाल भ्रमणमा आउने भएका छन् ।

रतीय जलसेनाका उच्च अधिकारीको नेतृत्वमा भारतीय तथा अन्य देशका सेना सहितको टोली एक हप्ताको भ्रमणमा नेपाल आउने भएको हुन् ।

भारतको राष्टिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) मा सञ्‍चालित नेशनल डिफेन्स कोर्समा सम्मिलत प्रशिक्षार्थी र अधिकारीहरुले त्यहाँका वरिष्ठ निर्देशक तथा भारतीय जल सेनाका रियर एडमिरल धीरेन भिगको नेतृत्वमा नेपाल भ्रमण गर्ने भएको हो।

सैनिक मुख्यालयका अनुसार ३९ सदस्यीय टोलीले ३१ असोजदेखि ६ कात्तिकसम्म नेपाल भ्रमण गर्नेछ। मुख्यालयका अनुसार उक्त टोलीले जंगी अड्‍डा भद्रकाली, मध्य कमाण्ड हेडक्वाटर पोखरा र कमाण्ड तथा स्टाफ कलेज शिवपुरीको भ्रमण गर्नेछ।

यसका साथै उक्त टोलीद्वारा पशुपतिनाथ, मुक्तिनाथ मन्दिर, होटल एभरेष्ट भ्यू नाम्चे तथा चन्द्रागिरीलगायतका स्थानको भ्रमण तथा नारायणहिटी संग्रहालयको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया