सिन्धुपाल्चोकमा बस दुर्घटना, ३५ जना घाईते

admin

काठमाडौ, असोज ३१ : सिन्धुपाल्चोकको लिसंखुबाट काठमाडौँ जाँदैगरेको बा २ ख ३२६४ नम्बरको बस लामोसाघु जिरी सडकखण्डको ६ किलोमा दु र्घ टना भएको छ ।

दु र्घ ट नामा परी बसमा सवार रहेका ३५ जना घा इ ते भएको प्र ह रीले जनाएको छ । चार जना घा ईते को अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्र ह री कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

दु र्घ टनामा परी घा इते भएकाहरुको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ । ब्रेक फेल भएर बस दु र्घ टना भएको प्र ह रीले जनाएको छ । बसचालकलाई प्र ह रीले नियन्त्रणमा लिएको जनाएको छ ।

लिसंङ्खु पाखर गाउँपालिका लिसङ्खुबाट दशै मनाएर बस रिजर्भ गरी काठमाडौं जाँदैगरेको बस दु र्घ टनामा परेको थियो ।

प्रतिक्रिया