‘बोक्सी’ को आशंकामा देवरले गरे भाउजुको हत्या

admin

जनकपुरधाम, असोज ३१ :  महोत्तरीको महोत्तरी गाउँपालिका- ३ मडैका ४२ वर्षीय संजय कुमार झा अन्धविश्वासको कारण आफ्नै भाउजुको ह त्या गरेको रहस्य खुलेको छ ।

अनुसन्धानको क्रममा यस्तो रहस्य खुलेपछि संजयलाई महोत्तरी प्र ह रीले प क्रा उ गरी आज सार्वजनिक गरेको हो ।

प्र ह रीका अनुसार संजयले असोज २७ गते राति भाउजु ४२ वर्षीया शिलादेवी झाको ह त्या गरेका हुन् । टाउकोमा हतौडा प्र हा र गरी ह त्या गरिएको अवस्थामा शिलादेवीको शव असोज २८ गते घरमै फेला परेको थियो ।

तुनामुना गरी केरा खुवाएर श्रीमती रिंकु देवी झाको गर्भ तुहाएको र मार्ने प्रयास गरेको आरोपमा संजयले भाउजु शिलादेवीको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका इन्सपेक्टर रंजन मिश्रले जानकारी दिए ।

प्रतिक्रिया