नेपाली फुटबल टोली आज स्वदेश फर्किँदै

admin

काठमाडौं, कार्तिक १ : साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्किँदैछ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपाली टिम बिहान ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने छ।

गत शनिबार माल्दिभ्समा सम्पन्न फाइनलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो। नेपाल साफको फाइनलमा पहिलो पटक पुगेको हो।

प्रतिक्रिया