सरकारले गर्‍यो राखेप सदस्यसचिव सिलवाललाई बर्खास्त

admin

काठमाडौं, कार्तिक १ : सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बर्खास्तीको प्रक्रिया अघि बढाउने अनुमति दिएको एक मन्त्रीले जानकारी दिए ।

सिलवालको काम कारवाही सन्तोषजनक नभएकाले केही समय अगाडीमात्र स्पष्टिकरण सोधेको थियो ।

उनको बर्खास्ती पछि खेलकुद ऐन अनुसार नँया सदस्यसचिवको नियुक्ती प्रकृया अगाडी बढ्ने छ ।  अब आउने नँया सदस्य सचिवले नवौं राष्ट्रिय खेलकुदको आयोजना हुनेछ ।

प्रतिक्रिया