धनकुटामा पहिराले पुरिँदा सातको मृत्यु

admin

धनकुटा,  कात्तिक ३ :  धनकुटाको चौविसे गाउँपालिका–१ को ६ नम्बर बुधबारेस्थित गढेरीमा पहिराले घर पुर्दा मृ त्यु हुनेको सङ्ख्या सात पुगेको छ । उपचारका लागि लैजाने क्रममा आज दिउँसो थप एक जनाको मृत्यु भएपछि मृ त कको सङ्ख्या सात पुगेको हो ।

हेलिकप्टरबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजानका लागि हेलिप्याडतर्फ लैजाँदै गर्दा घा इ ते ११ वर्षीय सञ्जाल श्रेष्ठको मृत्यु भएको धनकुटाका  प्र ह री प्रमुख प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो ।

मङ्गलबार राति करिब १२ बजे खसेको पहिराले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरिँदा उहाँसहित छ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

घर पुरिँदा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उहाँका नै वर्षीय नाति विनोद, पाँच वर्षीया नातिनी निर्जला, पाहुना आएका दमक–११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र सात वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा परी ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लीला श्रेष्ठ, ५४ वर्षीया गणितकुमारी श्रेष्ठ, ३३ वर्षीय उषा श्रेष्ठ, ११ वर्षीय सञ्जाल श्रेष्ठ र २८ वर्षीय चन्द्रकुमार श्रेष्ठ घाइते भएका थिए । घाइते ११ वर्षीय सञ्जालको उपचारका लागि लैजाने क्रममा मृ त्यु भएको हो ।

बाँकी घाइते पाँच जनालाई उपचारका लागि हेलिकप्टरमार्फत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।

लगातारको वर्षाका कारण भेडेटार–६ नं बुधबारे सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएकाले घाइतेलाई हेलिकप्टरमार्फत धरान लगिएको हो ।

प्रतिक्रिया