बाढीबाट ३०० परिवार बिचल्लीमा

admin

राजविराज, कात्तिक ३ : मोहुली नदीको बाँध भत्किँदा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहामा करिब ३०० परिवार बिचल्लीमा परेका छन् ।

अविरल वर्षासँगै आएको बाढीका कारण नदीको बाँध भत्किँदा त्यो बस्तीमा पानी पसेपछि उनीहरू बिच्चलीमा परेका हुन् ।

स्थानीयवासी महान्नद यादवले वर्षेनि यस्तो समस्या खेप्दै आएका बेला नदी किनारमै रहेका दलित समुदायका बासिन्दालाई कष्टकर अवस्था खेप्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

राति अचानक ती बस्तीमा बाढी पस्दा साँझमा खाना पकाउनसमेत उनीहरू सकिएको छैनन् र अहिलेसम्म पनि भोकै रहेको पीडितले बताएका छन् । सोही वडाअन्तर्गत रहेको डोम बस्तीमासमेत छिरेको बाढीले करिब २० घर डोम परिवारलाई उठिबास बनाएको छ ।

डोम बस्तीअन्तर्गत चन्द्र मरिक, उपेन्द्र मरिक, सभापेत मरिक, सञ्जिव मरिक सुरेन्द्र मरिक, विरेन मरिकलगायत २० घर डोम परिवारलाई रूवावासी भएको छ ।

दुई दिनदेखि भोकै बस्न बाध्य बनेका उनीहरूलाई कतैबाट सहयोग मिल्न नसकिएको बताइएको छ । बाढी प्रभावित बस्तीमा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जनार्दन गौतमसहितका टोलीले निरीक्षण गरेको छ ।

प्रतिक्रिया