बाढीपहिरोले अलपत्र परेका पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन

admin

काठमाडौं, कार्तिक ४ : गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिक, पर्यटकलाई उद्धार गर्न निर्देशन दिनुभएको छ ।

गृहमन्त्री खाँणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनालाई निर्देशन दिनुभएको हो ।

“लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेको नागरिकको खोज, उद्धार, पुनःस्थापना तथा राहत वितरणमा निरन्तर लागिरहनुभएको छ, अब नेपाल भ्रमणमा आएका अन्य मुलुकका नागरिक अलपत्र परेको खबर आइरहेको छ ।

उनीहरूको उद्धारमा पनि विशेष ध्यान दिनुहोला”, गृहमन्त्री खाँणले भन्नुभयो । वर्षाका कारण हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा घुम्न गएका पर्यटक अलपत्र भएका समाचार सार्वजनिक भएका छन् ।

प्रतिक्रिया