बेल्जियमा काम लगाइदिन्छु भन्दै बैंकक पुर्याई बेचबिखन गरेको अभियोगमा एक जना पक्राउ

admin

काठमाडौं, कार्तिक ८ : एक महिलालाई बेल्जियमा काम लगाईदिन्छु भन्दै बैंकक पुर्याबई बेचविखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बागलुङ गल्कोट नगरपालिका-४ घर भएका ४४ वर्षीय राजेन्द्र खड्कालाई काठमाडौं सिनामंगलबाट बिहीबार प्र ह रीले प क्रा उ गरेको छ ।

खड्काले पीडित महिलालाई बेल्जियमको होटलमा काममा लगाई दिने, मासिक १ लाखदेखि डेढ लाख तलब हुन्छ भनी प्रलोभनमा पारी विभिन्न मितिमा ८ लाख ५४ हजार रुपैयाँ समेत लिई सन् २०१९ मे २२ मा भैरहवाबाट भारतको गोरखपुर, कलकत्ता हुदै थाईल्याण्ड र कम्बोडियासम्म पुर्याहई थाईल्याण्डमा खड्काको कोठामा अर्का भारतीय अभियुक्त पर्विन्दर सिंह समेतले यौ न शो ष ण गरी ध म्की दिई मलेसिया लगि अलपत्र पारेकोमा आफन्तको सहयोगमा सन् २०२० मार्च १५ मा नेपाल फर्कन सफल भएकी पीडितको जाहेरीको आधारमा प्र ह री प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले हालसम्म फरार रहेका राजेन्द्रलाई सिनामंगलमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी प क्रा उ गरेको हो ।

उनलाई जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद अनुमति लिई मानब बेचविखन तथा ओसापसार ९नियन्त्रण० ऐन, २०६४ अन्तर्गत आवश्यक अनुसन्धान कार्य भईरहेको उक्त व्यूरोले जनाएको छ ।

प्रतिक्रिया