मानव बेचबिखनमा संलग्न नृत्य प्रशिक्षक पक्राउ

admin

काठमाडौँ, कार्तिक १२ : मानव बेचबिखनमा संलग्न नृत्य प्रशिक्षक प क्रा उ परेका छन्। चितवन भरतपुर महानगरपालिका– १० बस्ने ५० वर्षीय विश्वबन्धु घिमिरे प क्राउ परेका हुन्।

फाइल फोटो

उनलाई भरतपुरबाट प्र ह रीले प क्राउ गरेको हो। घिमिरेले नृत्य सिक्ने क्रममा चिनजान भएकी १९ वर्षीया किशोरीलाई गलौर पुर्‍याएका थिए।

आफू कोरियोग्राफरको काम गर्ने तथा दुबईमा स्टेज साेमा महिनाको ४ लाखसम्म कमाई हुने प्रलोभन देखाएर ०७० फागुनमा बैंलाेर पुर्‍याई चिफ इन र सेनोरिता भन्ने रेस्टुरेन्टमा जबरजस्ती यौ न व्यवसायमा लगाएका थिए।

किशोरीलाई बेचबिखन गरेर उनी गायब भएका थिए। किशोरीले आफन्तलाई जानकारी गराएपछि माइती नेपालको सहयोगमा ०७१ वैशाखमा उद्धार गरी नेपाल फिर्ता गरिएको थियो।

नेपाल आएपश्चात पीडितको जाहेरीका आधारमा प्रहरी प्रधानकार्यालय मानव बेचविखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले घिमिरेलाई पक्राउ गरेको हो।

प्रतिक्रिया