घटनाको चार महिनापछि डाका गिरोहका योजनाकार पक्राउ

admin

महोत्तरी, १२ कात्तिक : डकैती घ ट ना भएको चार महिनापछि प्र ह रीले डाका गिरोहका मुख्य योजनाकारलाई प क्रा उ गर्न सफलता पाएको छ ।

गत असार ३ गते राति जिल्लाको सम्सी गाउँपालिका–१ पर्सादेवाड बस्तीस्थित राजीव ज्वेलर्समा ड कै ती घ ट ना गराउने मुख्य योजनाकार सर्लाहीको लालबन्दी नगरपालिका–२ पुनर्वास बस्तीका कारी भनिने ४२ वर्षीय विश्वनाथ पासवानलाई प क्रा उ गर्न प्र ह री सफल भएको हो ।

प क्रा उ परेका पासवानलाई जिल्ला प्र ह री कार्यालयले बिहीबार साँझ नै पत्रकारबीच सार्वजनिक गरेको छ । घ टनाका योजनाकार भनेर पहिचान भइसके पनि लुक्दैछिप्दै आपराधिक गतिविधि सञ्चालन गर्दै आएका पासवानलाई जिल्लाकै सोनमा गाउँपालिका–३ बाट प क्रा उ गरिएको जिल्ला प्र ह री कार्यालयले जनाएको छ ।

गत असार ३ गते पासवानकै योजनामा सशस्त्र हतियारधारी डाकाले रातको समयमा पर्सादेवाडका वीरेन्द्र साहको घरका परिवारजनलाई गो ली प्र हा रसमेत गरेर सुनचाँदीका गहना र नगदसहित लु टपा ट गरी करिब रु नौ लाख मूल्य बराबरको धनमाल लगेको कार्यालयका प्र ह री नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

लुु टपाटका क्रममा सशस्त्र डाकाको समूहले घरमुली वीरेन्द्र साहको ढाडमा गो ली प्र हा र गर्नुका साथै निजकी पत्नी सुशीलादेवी, छोरा शम्भु र राजीव तथा छोरी कञ्चनलाई फलामे रड प्र हा र गरी घा इ ते बनाएको थियो ।

प क्रा उ परेका पासवान पेशेवर डाका रहेका र वरिपरिका जिल्लामा हुँदै आएका डकैती घटनामा संलग्न रहँदै आएको अनुसन्धानले देखाएको प्रनाउ विष्टको भनाइ छ ।

पासवान प क्रा उ परेपछि महोत्तरीसहित आसपासका जिल्लाका बासिन्दाले राहत महसुस गरेका छन् । पुस्तैनी (पुख्र्यौली) घर धनुषाको झिजा भएका पासवानलाई सरकारले चार दशकअघि डकैती पेशा छाडेर घरगृहस्थी गर्ने शर्तमा घडेरीसहित खेतीबारी गर्ने जग्गासमेत उपलब्ध गराएर लालबन्दीमा पुनर्बास बस्ती बसाएको थियो ।

त्यसै परिवारका पासवान धनुषाबाट रौतहटसम्मका र यदाकदा सीमापारि भारतमा हुने डकैती घटनाका योजनाकार रहँदै आएको प्रहरीको निष्कर्ष छ ।

प्रतिक्रिया