प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन बारको ५ दिने अल्टिमेटम

admin

काठमाडौँ, कार्तिक १२ : नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन पाँच दिनको अल्टिमेटम दिएको छ ।

शुक्रबार बसेको बारको कार्यसमितिको बैठकबाट उपत्यका बार एकाईहरुका अध्यक्षहरुको सुझावको आधारमा १७ गतेभित्र पनि प्रधानन्यायाधीश राणाको राजीनामा नआए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी समेत दिएको छ ।

बैठकका निर्णयअनुसार पर्सि आइतवारदेखि बुधवारसम्म बिहान १० देखि ११ बजेसम्म कालो पट्टी बाँधेर सर्वोच्चमा विरोध कार्यक्रम गर्ने र १६ गते बारको प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने बारको निर्णय छ । बारले प्रधानन्यायाधीश जबरालाई इजलासमा नबस्न माग गरेको छ ।

प्रतिक्रिया