काठमाडौँ, कार्तिक १३ : नेपाली मौलिकता बोकेको ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले जितेको छ।
फाइनलमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई पराजित गर्दै प्रकाश र मीनाको समूहले उपाधि जितेको हो।
उपाधिसँगै प्रथम हुने समूहले नगद २० लाख तथा एक करोड बराबरको जीवन बीमा प्राप्त गरेको छ। यस्तै दोस्रो हुने समूहले १० लाख रुपैयाँसँगै ५० लाख बराबरको जीवन बीमा प्राप्त गरेको छ।
तेस्रो स्थान रीता रावत र सविन आचार्यको समूहले जितेको छ। मीना नेपाल र राजेन्द्र पाठकको समूहले सान्त्वना स्थान प्राप्त गरेको छ। तृतीय हुने समूहले तीन लाख र सान्त्वना हुने समूहले दुई लाख रुपैयाँ प्राप्त गरेको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार प्रदान गरे। दोहोरी च्याम्पियन नेपाल टेलिभिजनले आयोजना गरेको हो।