थप ४०८ जनामा संक्रमण पुष्टि, आठ जनाको मृत्यु

admin

काठमाडौं, कात्तिक १४ : देशभर पछिल्लो समय ७ हजार ८ सय ९९ जनाको कोरोना परीक्षण गर्दा थप चार सय ८ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड संक्रमणबाट थप ८ जनाको मृ त्यु भएको छ।

योसँगै मृ त्यु हुनेको संख्या ११ हजार चार सय ७ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। २४ घण्टामा पाँच सय १८ जना जना कोरोनामुक्त भएका छन्। देशभर हाल सक्रिय संक्रमितको संख्या ९ हजार तीन सय ७६ जना रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया