पछिल्लो २४ घण्टामा ५३३ संक्रमित, ९ जनाको मृत्यु

admin

काठमाडौं, कार्तिक १५ : पछिल्लो २४ घण्टामा देशभर ५३३ जना कोरोना संक्रमित थपिएका छन् । ७ हजार ४५८ जनाको पिसिआर र ४ हजार १९६ जनाको एन्टीजिन परिक्षण गर्दा ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


पछिल्लो २४ घण्टामा ४९० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी गत २४ घण्टामा थप ९ जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया