थप ४६९ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु

admin

काठमाडौं, कार्तिक १६ : मुलुकभर पछिल्लो २४ घण्टामा ४ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २८७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ११५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय २२ जना र ३ हजार १७२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ०८ हजार १०७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५५५ जना कोरोनामुक्त भए, ११ को मृ त्यु
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ सय ५५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९२ हजार ८३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार २८७ जनाको परीक्षण हुँदा हालसम्म कुल ५१ लाख ०३ हजार ८४५ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृ त्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृ त्यु हुनेको संख्या ११ हजार २७ पुगेको छ ।

प्रतिक्रिया