काबुलमा विस्फोट हुँदा १५ जनाको मृत्यु, ३४ जना घाइते

admin

एजेन्सी : अफगानिस्तानको राजधानी काबुलमामा दुई शक्तिशाली वि स्फो टमा परेर १५ जनाको मृ त्यु भएको छ । दुईवटै वि स्फो ट अस्पतालको अगाडि भएको तालिबानका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

तालिबानसम्बन्धी सुरक्षा अधिकारीका अनुसार विस्फोटमा परेर अहिलेसम्म ३४ जना घा इ ते भइसकेका छन् । प्रत्यक्षदर्शीले त्यहाँ गोलीको आवाज पनि सुनेको बताएका थिए । अस्पतालका कर्मचारीले अस्पतालभित्र विस्फोटको ठूलो आवाज सुनेका थिए ।

उनले भनेका छन्, ‘म अस्पतालभित्र छु, मैले ठूलो विस्फोटको आवाज सुनेँ । हामीलाई सुरक्षित कोठामा जान भनिएको छ । मैले अहिले पनि गोलीको आवाज सुनिरहेको छु ।’

तालिबान सरकारका गृह मन्त्रालयका प्रवक्ता कारी सईद खोस्ती विस्फोट भएको स्थानमा पुगेका थिए । उनले विस्फोटमा मानिसको मृत्यु भएको जानकारी दिँदै विस्तृत विवरण पछि सार्वजनिक गरिने बताए ।

प्रतिक्रिया