दीपावलीमा चाहिएजति बिजुली बालनुस्: विद्युत् प्राधिकरण

admin

काठमाडौं, कार्तिक १६ : दीपावलीको अवसरमा चाहिए जति बिजुली खपत गर्न उपभोक्तालाई विद्युत् प्राधिकरणले आग्रह गरेको छ ।

बत्ती नै बत्तीको पर्वको रुपमा रहेको दीपावलीलाई थप उज्यालो बनाउन विगतका वर्षहरुदेखि नै प्राधिकरणले साथ र सहयोग गरेको तथ्य पेश गर्दै कार्यकारी निर्देशक घिसिङले सबै प्रकारको प्राविधिक तयारी गरिएको बताउनुभयो ।

सबै वितरण केन्द्र तथा शाखालाई सोहीअनुसार निर्देशन दिइएको र कुनै पनि स्थानमा समस्या आउन नदिन जनशक्ति परिचालन गरिएको उहाँको भनाइ छ । “कुनै पनि समस्या नआओस् भनेर विशेष ध्यान दिइएको छ । सबै शाखा तथा वितरण केन्द्रलाई कुनै समस्या आउ तत्काल समाधान गर्ने गरी परिचालन गरिएको छ ।”

उहाँले दीपावलीको समयमा बिजुलीको माग अत्यधिक मात्रामा नरहने र सामान्य नै रहने जानकारी दिनुभयो । गत भदौको अन्तिम साताको एक दिन मात्रै प्रणालीमा एक हजार ६२० मेगावाट बराबरको बिजुलीको माग पुगेको भएपछि पछिल्ला दिनमा माग क्रमशः घटिरहेको छ ।

कार्यकारी निर्देशक घिसिङले प्राधिकरण उपभोक्ताको साथमा रहेकाले निश्चिन्त भएर बिजुलीको खपत गर्न आग्रह गर्नुभयो ।धेरै वर्षपछि कुलेखानीको जलाशय भरिएको जानकारी दिँदै उहाँले देशभित्रै बिजुलीले दीपावलीलाई थप उज्यालो बनाइने बताउनुभयो ।

प्रतिक्रिया