मैत्रीपूर्ण फुटबल खेलमा सैनिक जनसम्पर्क निर्देशनालय विजयी

admin

काठमाडौं, कार्तिक १६ : सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय टोली र रक्षा समाचारदाताबीच मैत्रीपूर्ण फुटबल खेल भएको छ ।उक्त खेलमा निर्देशनालय ६–२ को फराकिलो गोल अन्तरले विजयी भएको हो ।

खेलमा सेनाकातर्फबाट प्रवक्ता सन्तोषबल्लभ पौडेल, महासेनानीद्वय ईश्वर श्रेष्ठ र पद्म बुढा, प्रमुख सेनानी प्रद्युम्न पौडेल तथा सेनानीद्वय विजय पाण्डे र रिसभ कार्कीले गोल गर्नुभएको थियो ।

त्यस्तै सञ्चारकर्मीका तर्फबाट पुरुषोत्तम खत्री र उजिर कार्की एक÷एक गोल गर्नुभयो । सैनिक मुख्यालय जङ्गी अड्डा परिसरको खेल मैदानमा आज भएको खेलमा सेनाका तर्फबाट सहायक रथी पौडेल र समाचारदाताका तर्फबाट नेपाल पत्रकार महासङघका पूर्वउपाध्यक्ष दिलीप थापामगरले नेतृत्व गर्नुभएको थियो ।

सेना र सञ्चार माध्यमबीचको सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगिताको सैनिक तालिम महानिर्देशक उपरथी निरञ्जनकुमार श्रेष्ठले दुवै टिमका कप्तानलाई बल प्रदान गरी खेल उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया