भारतलाई बिजुली बेच्न खुल्यो बाटो

admin

काठमाडौं, कार्तिक १७ : नेपालले भारतीय बजारमा विद्युत् बेच्न अनुमति पाएको छ । कोइला अभावमा चरम ऊर्जा संकट भोगिरहेको भारतले इन्डियन इनर्जी एक्सचेन्ज बजारमा प्रतिस्पर्धामार्फत बिजुली बेच्न नेपाललाई अनुमति दिएको हो ।

भारत सरकारले सोमबार यस्तो अनुमति दिएकामा नेपालले मंगलबार पहिलोपटक प्रतिस्पर्धामा भाग लिएको थियो ।

प्रत्येक दिन बोलकबोलका आधारमा मूल्य निर्धारण हुने एक्सचेन्ज बजारमा नेपालले बुधबार बेच्ने बिजुलीका लागि प्रतियुनिट औसत ४ रुपैयाँ ३३ पैसा ९२।७१ भारु० कबोलेको प्राधिकरणले जनाएको छ ।

यसअघि नेपालबाट भारतमा साटासाट अर्थात् पैंचोको अवधारणामा मात्रै विद्युत् जाने गरेको थियो । बर्खायाममा बढी भएको विद्युत् भारतलाई दिएर नेपालले हिउँदमा फिर्ता लिने गरेको थियो ।

एकतर्फी रूपमा भारतले विद्युत् बेच्ने अवस्थाको समेत अब अन्त्य भएको छ । इन्डियन इनर्जी एक्सचेन्जमा भाग लिने नेपाल पहिलो मुलुकसमेत बनेको छ ।

अब विद्युत् खरिदबिक्रीका लागि एक दिनअघि प्रतिस्पर्धा गर्ने गरी ९डे अहेड मार्केट० नेपालले भारतलाई विद्युत् बेच्नेछ । इन्डियन इनर्जी एक्सचेन्ज बजारमा विद्युत् बेच्न नेपालले अब हरेक दिन बिहान १० देखि १२ बजेसम्म चल्ने बोलकबोल प्रक्रियामा भाग लिनुपर्नेछ ।

डे अहेड मार्केटमा विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’ का आधारमा विद्युत्को प्रतियुनिट बिक्रीदर तय हुन्छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया