ट्र्याक्टर दुर्घटना, तीनको मृत्यु

admin

जाजरकोट, १७ कात्तिक : जाजरकोटमा ट्र्याक्टर दु र्घ ट नामा परी तीन जनाको मृ त्यु भएको छ । एक जना घा इ ते भएका छन् ।

नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्र्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा गए राति २ बजे दुर्घटना भएको हो ।

मृ त्यु हुनेमा नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय बलबहादुर खत्री छन् । त्यस्तै नलगाड नगरपालिका–८ का १७ वर्षीय विनोद परियार घा इते भएका छन् ।

उनी सहचालक हुन् । घा इ तेको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयो । ट्र्याक्टर नम्बर भने खुल्न सकेको छैन ।

प्रतिक्रिया