देउसी खेलिरहेकालाई बसले ठक्कर दिँदा दुईजनाको मृत्यु, पाँच घाइते

admin

हेटौंडा,  कात्तिक २१ : पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा देउसी खेलिरहेकाहरूलाई बसले ठ क्क र दिँदा दुईजनाको मृ त्यु भएको छ। अन्य पाँचजना घा इ ते भएको प्र ह रीले जनाएको छ।

हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले अनियन्त्रित भएर शनिबार राति ११ बजे देउसी खेलिरहेकाहरूलाई ठक्कर दिँदा हेटौंडा–१५ का करिब २० वर्षीय सुजन विष्ट र चितवन घर भएका ३४ वर्षीय प्रेमबहादुर सिंह घ ट ना स्थलमै मृ त्यु भएको जिल्ला प्र ह री कार्यालय मकवानपुरको प्रवक्ता डिएसपी जयश्वर रिमालले जानकारी दिए।

घा इ ते हुनेमा हेटौंडा–१९ का १६ वर्षीय संगम नेपाली, १० वर्षीया निष्ठा मोक्तान, ३५ वर्षीया तुलशा विष्ट, ३५ वर्षीया लक्ष्मी गुरुङ र ४७ वर्षीय टंकप्रसाद डल्लाकोटी रहेका छन्। घा इ तेमध्ये दुईजनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ भने बाँकीको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।

बाटो नजिकै रहेको घरमा बस अनियन्त्रित भई देउसी खेलिरहेकाहरूलाई ठ क्क र दिएको प्र ह रीले बताएको छ। ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन्। आगजनीले बस जलेको छ।

प्रतिक्रिया