थपिए १ सय ४३ नयाँ कोरोना संक्रमित, एक जनाको मृत्यु

admin

काठमाडौँ, कात्तिक २१ : देशभर पछिल्लो समय २ हजार ३ सय ३३ जनाको परीक्षण गर्दा १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक जनाको मृत्यु भएको छ।

योसँगै मृत्यु हुनेको कुल संख्या ११ हजार ४ सय ४८ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै, २४ घण्टामा ५ सय ६३ जना कोरोनामुक्त भएका छन्।हाल देशभर ७ हजार ७ सय १३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया