करेन्ट लागेर विद्यार्थी नेता अधिकारीको निधन

admin

मकवानपुर, २२ कात्तिक : नेकपा एकीकृत (समाजवादी) पार्टी हेटौँडा उपमहानगरपालिकाका सचिव तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य गिरिजा अधिकारीको आज बिहान करेन्ट लागेर मृ त्यु भएको जिल्ला प्र ह री कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिका–१७ राजदेवीमा बाटो खन्ने क्रममा विद्युत्को तार पन्छाउने क्रममा करेन्ट लागेपछि उहाँलाई उपचारको लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा ल्याइएको थियो ।

उहाँको उपचारको क्रममा नि धन भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले जानकारी दिनुभयो । श व परीक्षण गरी परिवारलाई दाहसंस्कारको लागि हस्तान्तरण गर्ने तयारी भइरहेको जिल्ला प्र ह री कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले बताउनुभयो ।

प्रतिक्रिया